२४ जेठ २०८३, आइतबार

सुत्केरीको हेलिकप्टरबाट उद्धार

माघ २४, २०८०
कालीकोट
सुत्केरीको हेलिकप्टरबाट उद्धार
फाइल तस्बिर

कालिकोटमा सुत्केरीको हेलिकप्टरबाट उद्धार गरिएको छ । पलाँता गाउँपालिका–६ उखाडीकी ३५ वर्षीया रिउली रोकायाको आज हेलिकप्टरमा उद्धार गरिएको हो । 

मङ्गलबारदेखि सुत्केरी व्यथाले च्यापेकी रिउलीलाई आफन्तले पलाँता गाउँपालिकास्थित नेटा स्वास्थ्य चौकी पु¥याएका थिए । सुत्केरी हुन नसक्दा उनलाई आज हेलिकप्टरबाट कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको पालिकाका स्वास्थ्य संयोजक धनप्रसाद न्यौपाने बताए । “रिउलीले सुर्खेतमा छोरालाई जन्मदिनुभएको छ”, उनले भने। 

    सुत्केरी रिउलीको नेटामा उपचार सम्भव नभएको खबर पाएपछि प्रमुख जिल्ला अधिकारीमार्फत हेलिकप्टर मगाएर सुर्खेत पठाएको पलाँता गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर रोकायाले बताए । 

salt training

कमेन्ट गर्नुहोस्