०६ असार २०८३, शनिबार

स्टार्टअप कर्जा अब राष्ट्रिय वाणिज्य बैंकबाट

माघ २५, २०८०
काठमाडौं
स्टार्टअप कर्जा अब राष्ट्रिय वाणिज्य बैंकबाट

स्टार्टअप उद्यम कर्जा प्रवाह तथा कर्जा सुरक्षण   सम्बन्धमा   औद्योगिक   व्यवसाय   विकास  प्रतिष्ठान,  राष्ट्रिय  वाणिज्य  बैङ्क  लिमिटेड र निक्षेप तथा कर्जा सुरक्षण कोषबिच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालको उपस्थितिमा बुधबार त्रिपक्षीय सम्झौता भएको हो ।

 यो समझदारीसँगै औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको सिफारिसमा राष्ट्रिय वाणिज्य बैङ्कले स्टार्टअप कर्जा दिने भएको छ ।उद्योगमन्त्री   रिजालले   प्रतिफल   दिने   परियोजनामा कर्जा लगानी गरिनुपर्ने बनए । स्टार्टअप परियोजना छनोटका क्रममा विभिन्न पक्षलाई विश्लेषण गरेर प्रतिफल दिने परियोजनामा ऋण उपलब्ध गराउनुपर्ने उनको भनाइ छ ।

नवीनतम ज्ञान, सोच, सिप र क्षमता भएका उद्यमीलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने लक्ष्यसहित  ‘स्टार्टअप  उद्यम  कर्जा  सञ्चालन  कार्यविधि, २०८०’ जारी भएसँगै यो प्रव्रिmया अघि बढेको हो ।

कमेन्ट गर्नुहोस्