०७ असार २०८३, आइतबार
ओडीआई सिरिज

नेपालले क्यानडालाई दियो २२५ रनको लक्ष्य

माघ २५, २०८०
काठमाडौं
नेपालले क्यानडालाई दियो २२५ रनको लक्ष्य

एकदिवसीय सिरिजअन्तर्गत पहिलो खेलमा नेपालले क्यानडालाई २२५ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा बिहीबार बिहान टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २२४ रन बनाएको हो । 

नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ६८ रन बनाए । ५८ बल खेलेका उनले ९ चौका र एक छक्का प्रहार गरे ।

यस्तै आरिफ शेखले ३८ रन बनाए । ५० बल खेलेका उनले चार चौका प्रहार गरे । सोमपाल कामीले २७ रन बनाए । २३ बल खेलेका उनले एक चौका र दुई छक्का प्रहार गरे । 

null

यस्तै, कुशल मल्लले २०, भीम सार्कीले १७ र पवन सर्राफले १५ रन बनाए । रोहित पौडेल र आसिफ शेख समान ८ रन बनाएर आउट भए ।

सूर्य तामाङले १० रन बनाए भने रिजन ढकाललले ४ रन बनाए । ललित राजवंशीले एक रन बनाए । 

क्यानाडाका उदय भगवानले तीन विकेट लिए । यस्तै सादबिन जाफार र इश्वरजोज सोनीले दुई विकेट लिए । यस्तै, साहिद अहमतजाई र हर्ष ठाकेरले एक/एक विकेट लिए । 

नेपालले डब्लुसीएल लिग टूको तयारी स्वरूप क्यानडाविरुद्ध सिरिजको आयोजना गरेको हो ।

सन् २०१८ मा पहिलो पटक एकदिवसीय मान्यता पाएपछि नेपालले क्यानडासँग पहिलो पटक एकदिवसीय औपचारिक खेल खेलेको हो । 

आजको खेलमा स्पिनर सूर्य तामाङ र रिजन ढकालले डेब्यू गरेका छन् । दोस्रो खेल शनिबार र तेस्रो तथा अन्तिम खेल सोमबार हुनेछ ।

कमेन्ट गर्नुहोस्