०४ असार २०८३, बिहीबार

यस्तो लक्षण देखिए हुन सक्छ हार्ट अट्याक

कात्तिक २०, २०७४
यस्तो लक्षण देखिए हुन सक्छ हार्ट अट्याक
हार्ट अट्याक यस्तो प्राणघातक समस्या हो, जसले क्षणभरमै मानिसको ज्यान लिन सक्छ । केही मिनेटमै उपचार पाएन भने बिरामीको ज्यान बचाउन निकै कठिन हुन्छ । आकस्मिक थकान, स्वास–प्रस्वासमा कठिनाइ, घाँटीमा खसखस र बान्ता हुनेमध्ये प्रायः लक्षण एकसाथ देखियो भने हार्ट अट्याक हुँदै गरेको संकेत पाउन सकिन्छ । यी महिला–पुरुष दुवैमा देखिने समान लक्षण हुन् । छाती सहनै नसक्ने गरी दुख्नु महिला–पुरुष दुवैमा हुने हार्ट अट्याकको प्राथमिक लक्षण हो । मुटुको मांशपेसीलाई रगत प्रवाह गर्ने तीनवटा नली हुन्छ । तीमध्ये कुनै एक, दुई अथवा तीनवटा नली बन्द भयो भने मानिसमा हार्ट अट्याक हुन्छ । कुनै एक नली बन्द भयो भने आवश्यक पर्ने ठाउँमा रगत पुग्दैन र मानिस ढल्न पुग्दछ ।heart-attack pic


कारण
वंशाणुगत गुण
धूम्रपान
मोटोपन तथा बोसोपन
कोलेस्ट्रोलको मात्रा बढी बढ्यो भने
तनाव
आलस्यपन

लक्षणहरू
प्रारम्भमा हिँड्दा, भर्‍याङ चढ्दा, खाना खाँदा छाती भारी भएजस्तो हुने ।
छातीको देब्रे अथवा मध्य भाग एकदमै दुख्ने । छाती भारी हुने ।
चिटचिट पसिना आउने ।
सास फर्ने गाह्रो हुने ।
उल्टी होलाजस्तो हुने ।
छातीको दुखाइ अत्यधिक बढेर मरिन्छ कि जस्तो हुने ।

बच्ने उपाय
प्रेसर छ भने यसको औषधि खाने
सुगर छ भने सुगरको औषधि खाने
कोलेस्ट्रोल बढी छ भने सागसब्जी, फलफुल खाने ।
शारीरिक व्यायाम गर्ने ।
धूम्रपान तुरुन्त त्याग्ने ।
परिवारमा कसैलाई यसको बिरामी भए सजग हुने ।
एक वर्षमा होल बढी चेकअप गर्ने ।

हार्ट अट्याक भए के गर्ने ?
तुरुन्त मुटु अस्पताल जाने ।
अस्पतालमा तुरुन्त इसिजी गर्ने ।
विभिन्न अस्पतालमा रगत पातलो गराउने औषधि पाइन्छ, त्यो
खान सकिन्छ ।
औषधि खाएपछि अस्पताल
भर्ना हुने ।
चिकित्सकको निगरानीमा बसिरहने ।
-नयाँ पत्रिकाबाट

salt training

कमेन्ट गर्नुहोस्