०५ असार २०८३, शुक्रबार

राससका पूर्वअध्यक्ष प्रधानको निधन

कात्तिक २०, २०७४
राससका पूर्वअध्यक्ष प्रधानको निधन

काठमाडौँ, २१ असोज– राष्ट्रिय समाचार समिति (रासस)का पूर्वअध्यक्ष गणेशबल्लभ प्रधानको ८३ वर्षका उमेरमा गए राति (शुक्रवार राति) निधन भएको छ ।

श्वासप्रश्वाससम्बन्धी रोगबाट पीडित वरिष्ठ पत्रकार प्रधानको स्थानीय ब्लुक्रस नर्सिङ होममा उपचारका क्रममा निधन भएको उनका छोरा शिरीषबल्लभ प्रधानले बताए ।

स्व प्रधानका श्रीमती, एक छोरा र दुई छोरी छन् । स्व. प्रधानको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्