११ असार २०८३, बिहीबार

कांग्रेसको स्वयंसेवक परिचालन उपसमितिमा ५ सदस्य मनोनीत

माघ २६, २०८०
काठमाडौं
कांग्रेसको स्वयंसेवक परिचालन उपसमितिमा ५ सदस्य मनोनीत

नेपाली कांग्रेसको स्वयंसेवक परिचालन उपसमितिमा ५ सदस्य मनोनीत भएका छन् ।

आगामी फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा हुने महासमिति बैठकलाई व्यवस्थित एवं प्रभावकारी बनाउन केन्द्रीय सदस्य जीतजङ्ग बस्नेतको संयोजकत्वमा गठित ‘स्वयंसेवक परिचालन उपसमिति’मा आज पाँच जना सदस्यलाई मनोनीत गरिएको हो ।

पार्टीले उपसमितिमा नेपाल महिला सङ्घ, केन्द्रीय तदर्थ समितिका अध्यक्ष उषा राउत मिश्र, नेपाल तरूण दल, केन्द्रीय तदर्थ समितिका अध्यक्ष विद्धान गुरुङ, नेपाल विद्यार्थी सङ्घ, केन्द्रीय तदर्थ कार्य समिति अध्यक्ष दुजाङ शेर्पा छन् ।

यस्तै, नेपाल भूतपूर्व सैनिक सङ्घ, केन्द्रीय तदर्थ कार्य समितिका अध्यक्ष अवकाश प्राप्त सुवेदार मेजर मेघराज टन्डन र नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ, केन्द्रीय तदर्थ कार्य समिति अध्यक्ष देवेन्द्रकुमार शेरचनलाई मनोनीत गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले लजानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्