२० असार २०८३, शनिबार

चाँदीको मूर्तिसहित यसरी पक्राउ परे भारतीय नागरिक

कात्तिक २०, २०७४
चाँदीको मूर्तिसहित यसरी पक्राउ परे भारतीय नागरिक

विराटनगर, २१ असोज– चाँदीको मूर्तिसहित एक भारतीयलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

भारतको अररिया जिल्लाको जोगबनी बस्ने १८ वर्षीय दिनेशकुमार साहलाई विराटनगर–१६ स्थित मेटलचोकबाट पक्राउ गरिएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

सेतो कपडामा बेरेर शरीरका विभिन्न भागमा लुकाइछिपाइ ल्याउँदै गरेको अवस्थामा विशेष सुराकीका आधारमा इप्रका रानी विराटनगरको टोलीले साहलाई पक्राउ गरेको हो ।

साहका साथबाट रु एक लाख ३० हजार ४२० मूल्य पर्ने चाँदीका मूर्तिका साथै पूजाका सामग्री अन्दाजी दुई किलो १६२ ग्राम बरामद गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्