
मृत घोषित महिलाले जुम्ल्याहा बच्चा जन्माइन् ! सुन्दै अनौठो लाग्छ । तर यो वास्तविकता हो । यो घटना दक्षिणी ब्राजिलको हो । जहाँ डाक्टरहरुले मृत घोषणा गरेकी एक महिलाले ४ महिनापछि बच्चा जन्माइन् ।
गत वर्ष ब्रेन डेथ भएकी ती महिलाको गर्भाशयमा रहेका भ्रुण बाँच्न सक्लान् भन्ने आशा डाक्टरहरुमा थिएन । तर चामत्कारिक रुपमा उनको गर्भाशयमा बच्चाहरु हुर्किरहे र अन्ततः शल्यक्रिया गरी जुम्ल्याहा बच्चा जन्माइयो ।
सिल्भा पेडिल्हा नामकी ती महिला गर्भवती भएकी अवस्थामा सन् २०१६ को अक्टोबरमा ब्रेन स्ट्रोक भएसँगै मस्तिष्कको मृत्यु भएको घोषणा डाक्टरहरुले गरेका थिए । सिल्भाको जब मृत्यु भयो तब उनको गर्भमा ९ हप्ताको भ्रुण थियो ।
सिल्भाका पतिले तुरुन्तै मृत घोषित आफ्नी पत्नीलाई सेनहोरा डो रोकियो अस्पतालमा भर्ना गराए । उनको ब्रेन डेथ भए पनि गर्भका बच्चाहरु ज्यूँदै रहेको डाक्टरहरुले पत्ता लगाए । त्यसपछि डाक्टरहरुले सिल्भालाई तुरुन्तै भेन्टिलेटरमा राखे । त्यसको १ सय २३ दिनपछि सिल्भा भेन्टिलेटरमै रहिन् ९ महिना पूरा भएसँगै डाक्टरहरुले शल्यक्रिया गरी उनको पेटबाट जुम्ल्याहा बच्चा निकाले । त्यसमा एक छोरा र एक छोरी थिए ।
उनी त वास्तवमा मरिसकेकी थिइन् मात्र गर्भका बच्चालाई बँचाउनका लागि उनलाई भेन्टिलेटरमा राखिएको थियो । बच्चा जन्मिसकेपछि उनलाई भेन्टिलेटरबाट निकालियो र अन्तिम संस्कार गरियो ।