२४ जेठ २०८३, आइतबार

नौलो गणतन्त्रका लागि भन्दै काठमाडौंका वृद्धवृद्धालाई ढोग्दै सीके राउत

माघ २८, २०८०
काठमाडौं
नौलो गणतन्त्रका लागि भन्दै काठमाडौंका वृद्धवृद्धालाई ढोग्दै सीके राउत

जनमत पार्टीका अध्यक्ष डा सीके राउतले यतिबेला जनतालाई रिझाउने फरक शैली अपनाएका छन् । उनी राजधानी काठमाडौंका ठाउँ–ठाउँमा वृद्धवृद्धालाई ढोग्दै हिँडिरहेका छन् ।

राउतले नौलो गणतन्त्र ल्याउनका लागि वृद्धवृद्धालाई ढोग्दै हिँडेको बताइरहेका छन् ।

जनमत पार्टीले हालै ‘दोस्रो गणतन्त्र अभियान’ शुरू गरेको छ । यसै अभियानलाई सार्थक बनाउन आफूले वृद्धवृद्धालाई ढोगेको उनको भनाइ छ ।

वृद्धावृद्धाले आफूलाई 'अरु नेताजस्तो नहुनु नि !’ भनेर आशीर्वाद दिइरहेको प्रतिनिधिसभाका सांसदसमेत रहेका राउतले बताएका छन् ।

null

नौलो गणतन्त्रका लागि भन्दै राउत नेतृत्वको दल जनमत पार्टीले आगामी जेठ १५ गते गणतन्त्र दिवसका दिन काठमाडौंमा आमसभा गर्दैछ । त्यसैको घरदैलो र प्रचार–प्रसारका लागि आफूले वृद्धवृद्धाको आशीर्वाद लिएको राउतले सामाजिक सञ्जाल ट्विटर (एक्स)मा जनाएका छन् ।

देशमा ‘दोस्रो गणतन्त्र’का लागि आन्दोलन गर्नुपर्ने निश्कर्षसहित अध्यक्ष राउतले आन्दोलनका ९ बुँदे मागहरू पनि सार्वजनिक गरिसकेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्