१४ असार २०८३, आइतबार

राजावादी नेता विट क्वाइन तस्करीमा संलग्न ! यसरी परे प्रहरीको फन्दामा

कात्तिक २०, २०७४
राजावादी नेता विट क्वाइन तस्करीमा संलग्न ! यसरी परे प्रहरीको फन्दामा

काठमाडौं, २१ असोज– विश्वको सर्वाधिक महंगो मानिएको इन्टरनेटमार्फत कारोबार हुने मुद्रा 'विट क्वाइन'को तस्करीमा संलग्न रहेको आरोपमा एक राजावादी नेता पक्राउ परेका छन् । विट क्वाइनको तस्करी गरेको अभियोगमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले राजावादी नेता दमन बस्नेत पक्राउ परेका हुन् ।

कमल थापा नेतृत्वको तत्कालिन राप्रपा नेपाल हुँदै हाल प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राप्रपा राष्ट्रवादीका केन्द्रीय सदस्य रहेका बस्नेत विट क्वाइन कारोबारमा संलग्न रहेको अभियोगमा पक्राउ परेका हुन् । उनी ५० कटेका भनिएका व्यक्तिहरुको संस्था ‘क्लब फिप्टी’का अध्यक्ष समेत हुन् ।

इन्टरनेट मार्फत पैसाको कारोबार हुने एक प्रकारको साइबर मुद्राको किनबेच विट क्वाइन हो ।

प्रहरीले उनीसहित अरु ६ जनालाई समेत पक्राउ गरेको बताइएको छ । पक्राउ पर्नेमा बस्नेतसहित सिन्धुलीका ज्ञानप्रसाद पौडेल अर्घाखाँचीका माधव खनाल, काठमाडौंका प्रशान्तप्रताप शाह, नुवाकोटका बिन्दा ढकाल, सिन्धुपाल्चोकका मिङमार तामाङ र रुपन्देही मनीषकुमार गिरी रहेका छन् ।

पौडेल क्वाइनको नाममा नक्कली क्रिप्टोकरेन्सी बनाएर ठगी गर्ने नाइकेमध्ये एक भएको सिआइबीले जनाएको छ ।

प्रहरीले अभियुक्तहरुको साथबाट ठगीमा प्रयोग गरेका ल्यापटप, कम्प्युटर, मोबाइललगायत उपकरण जफत गरेर अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रहरीले नक्कली विट क्वाइनमार्फत ठगी गर्नेलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसार कारबाही प्रक्रिया अगाडि बढाउने बताएको छ ।

salt training

कमेन्ट गर्नुहोस्