
गोरखाको अजिरकोट गाउँपालिकाले जनयुद्ध दिवसका अवसरमा फागुन १ गते सार्वजनिक बिदा दिएको छ ।
गाउँ कार्यपालिकाको बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत नवराज अवस्थीले सूचनामार्फत जनाएका छन् ।
'प्रस्तुत विषयमा मिति २०८० माघ २८ गतेको अजिरकोट गाउँपालिका गाउँ कार्यपालिकाको ११२ औं बैठकले जनयुद्ध दिवस २०८० को उपलक्ष्यमा फागुन १ गते अजिरकोट गाउँपालिका कार्यालय, मातहतका कार्यालय, सम्पूर्ण विद्यालयहरू र पालिकाभित्र सञ्चालित सम्पूर्ण बैंक तथा वित्तिय संस्थामा बिदा दिने भनी निर्णय गरेकाले सोहीबमोजिम अजिरकोट गाउँपालिकाभित्र फागुन १ गते सार्वजनिक बिदा दिइएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि सूचना प्रकाशित गरिएको छ,' विज्ञप्तिमा भनिएको छ ।
यसअघि केन्द्रीय सरकारले पनि जनयुद्ध दिवसमा बिदा दिन शुरू गरेको थियो ।
अघिल्लो वर्षबाट दिन थालिएको यो बिदालाई सर्वोच्च अदालतले रोक लगाइसकेको छ ।
हेर्नुहोस्, गाउँपालिकाको सूचना:

सर्वोच्चले जनयुद्ध दिवसका नाममा बिदा दिने गरी संघ र प्रदेश सरकारहरूले विभिन्न मितिमा गरेका निर्णय पुस १३ गते बदर गरिदिएको थियो ।