
काठमाडौं, २१ असोज– प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले प्रदेश र प्रतिनिधिसभा निर्वाचनको वन्द सूची पेश गर्न दलहरुलाई आग्रह गरेका छन् ।
राजधानीमा आयोजित एक कार्यक्रममा प्रमुख आयुक्त यादवले संवैधानिक व्यवस्था अनुसार सूची पेश गर्न दलहरुलाई आग्रह गरेका छन् ।
उनले महिला, दलित आदिवासी जनजाति, पिछडिएको क्षेत्र , खस आर्य, थारु, मधेशी, मुस्लिमको समावेशी सिद्धान्त र व्यवस्था अनुसार समानुपातिक उम्मेदवारको वन्दसूची पेस गर्दा ध्यान दिन दलहरुलाई आग्रह गरेका छन् ।
मंसिर १० र २१ मा हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि दलहरुले असोज २९ गते समानुपातिकको बन्दसूची पेश गर्नुपर्ने छ ।
राजनीतिक दलहरुले समानुपातिक तर्फको निर्वाचनका लागि प्रतिनिधि सभाका लागि १ सय १० र प्रदेश सभाका लागि २ सय २० जना उम्मेदवारको बन्द सूची निर्वाचन आयोगमा बुझाउनु पर्नेछ ।