२६ जेठ २०८३, मंगलबार

आफ्नो नाममा घरजग्गा नहुने ज्येष्ठ नागरिक अपहेलित

माघ २९, २०८०
काठमाडौं
आफ्नो नाममा घरजग्गा नहुने ज्येष्ठ नागरिक अपहेलित

आफ्नो नाममा घरजग्गा नहुने ज्येष्ठ नागरिकले अपहेलित हुनुपरेको देखिएको छ । ज्येष्ठ नागरिकका समस्या पहिचान गर्न थालिएको अध्ययनको क्रममा यस्तो पाइएको हो ।
ज्येष्ठ  नागरिकबारे  अध्ययन  गरिरहेको  जेरियाट्रिक सोसाइटी नेपालका कार्यकारी निर्देशक युवराज  रोकाका  अनुसार  देशभर  यस्ता  समस्या  देखिएको छ । “देशैभर पुगेर ज्येष्ठ नागरिक बारेमा अध्ययन गर्दा धेरै खालका समस्या भोगेको पाइयो,” रोकाले भने, “आफ्नो नाममा सम्पत्ति हुँदा ज्येष्ठ नागरिकले सम्मान पाएका छन् तर घरजग्गा र रकम छोराछोरीका  नाममा  राख्दा  अपहेलित  भएका  र  हेपिएका छन् । उजुरी दिँदा पनि सुनुवाइ गर्ने निकाय नभएको पाइयो । उजुरी दिए झन् समस्या हुने गुनासो उनीहरूको छ ।” गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्