२९ जेठ २०८३, शुक्रबार

रित्तियो खाद्य कम्पनी

माघ २९, २०८०
काठमाडौं
रित्तियो खाद्य कम्पनी

सरकारी  स्वामित्वको  खाद्य  व्यवस्था  तथा  व्यापार कम्पनीसँग खाद्यान्नको मौज्दात सकिनै लाग्दा जोखिमपूर्ण अवस्थामा पुगेको देखिएको छ । भैपरी  आउने  प्राकृतिक  प्रकोप,  बाढीपहिरो,  भूकम्प जस्ता विपत्तिमा खाद्यान्नको आपूूर्ति व्यवस्था सहज  बनाउन  पर्याप्त  मात्रामा  खाद्यान्न  मौज्दात  राख्नुुपर्ने  व्यवस्था  भए  पनि  कम्पनीसँग  न्यूून  मात्र  खाद्यान्न मौज्दात रहेको छ । 

समयमा  खाद्यान्नको  मौज्दात  पर्याप्त  राख्न  नसक्दा आपत्कालीन अवस्था आइपरे खाद्यान्नको अभाव हुने देखिएको छ । कम्पनीको मुुलुकभर रहेका अधिकांश गोदाम खाली छन् । सार्क खाद्य बैङ्कमा आठ हजार मेट्रिक टन र बफर स्टकमा २५ हजार मेट्रिक टन अनिवार्य रूपमा खाद्यान्न मौज्दात राख्नुुपर्ने व्यवस्था भए पनि हाल कम्पनीसँग अहिले कुुल आठ हजार ९६३ मेट्रिक टन खाद्यान्न मौज्दात छ । कम्पनीसँग खाद्यान्नको मौज्दात न्यूून हुुँदा भैपरी आउने समस्याका लागि खाद्यान्न ढुवानी गर्न सकिने अवस्था छैन । कम्पनीका खरिद विभाग प्रमुुख भेषनाथ न्यौपानेका अनुसार यो वर्ष धान खरिद गर्न नसक्दा खाद्यान्नको मौज्दात कम भएको हो ।  कम्पनीसँग  हाल  पाँच  हजार  ६३१  मेट्रिक  टन चामल, तीन हजार २६८ मेट्रिक टन धान, ५३ क्विन्टल गहुुँ, मास, मुसुुुरोको दाल १० मेट्रिक टन खाद्यान्न बाँकी छ । गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्