
स्थानीय बजारमा सुनको मूल्यमा कमी आएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेसँगै स्थानीय बजारमा समेत कमी आएको हो । लामो समयदेखि बढ्दै गएको सुनको मूल्य पछिल्लो एक सातादेखि घट्दै गएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार पछिल्लो एक साताको अवधिमा बजारमा सुनको मूल्य प्रतितोलामा एक हजार पाँच सय रुपियाँले कमी आएको हो । एक साताको अवधिमा सुनको मूल्य निरन्तर घट्दै गएको तथ्याङ्कले देखाएको छ ।
महासङ्घका अनुसार गत साता प्रतितोला एक लाख १९ हजार पाँच सय रुपियाँमा कारोबार भएको सुनको मूल्य आइतबार घटेर एक लाख १८ हजार रुपियाँमा कारोबार भएको हो । गोरखापत्रमा खबर छ।