०२ असार २०८३, मंगलबार

बलात्कार मुद्दामा १८ वर्ष कैद र १ लाख रुपैयाँ जरिवानाको फैसला

माघ २९, २०८०
तनहुँ
बलात्कार मुद्दामा १८ वर्ष कैद र १ लाख रुपैयाँ जरिवानाको फैसला

तनहुँ जिल्ला अदालतले जबरजस्ती करणी मुद्दामा एक अभियुक्तलाई १८ वर्ष कैद फैसला सुनाएको छ । 

जिल्ला न्यायाधीश कमलराज विष्टको आइतवारको इजलासले प्रतिवादी म्याग्दे गाउँपालिका–७ का विशाल विकलाई १८ वर्ष कैद फैसला सुनाएको हो ।

साथै उनीविरुद्ध एक लाख रुपैयाँ जरिवानाको समेत फैसला भएको अदालतका स्रेस्तेदार केशवप्रसाद पौडेलले जानकारी दिए । 

परिवर्तित नाम २०७८/७९ च बहादुरले उनीविरुद्ध जाहेरी दिएकी थिइन् । प्रहरीले प्रतिवादीविरुद्ध विसं २०७८ असोज १२ गते अदालतमा जबरजस्ती करणीमा मुद्दा दर्ता गरेको थियो ।

उक्त मुद्दामा अदालतमा १२ पटक पेसी तोकिएको थियो । यही माघ २१ गते न्यायाधीश विष्टकै इजलासले उक्त मुद्दामा आदेश सुनाउँदै सजाय निर्धारणका लागि पेस गर्न भनेको थियो ।​

सोही बमोजिम आइतवार उनीविरुद्ध कैद फैसला भएको अदालतले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्