०५ असार २०८३, शुक्रबार

सात महिनामा ५ लाख ५० हजार ६० जनालाई अनलाइनबाट प्रहरी रिपोर्ट

फागुन १, २०८०
काठमाडौं
सात महिनामा ५ लाख ५० हजार ६० जनालाई अनलाइनबाट प्रहरी रिपोर्ट

नेपाल प्रहरीले चालु आर्थिक वर्षको साउनदेखि माघसम्मको ७ महिनाको अवधिमा ५ लाख ५० हजार ६० जनालाई अनलाइनबाट प्रहरी चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट) उपलब्ध गराएको छ । सो अवधिमा ७ लाख १० हजार ९४४ जना नेपाली तथा विदेशी नागरिकहरूबाट अनलाइन आवेदन प्राप्त  भएका थिए ।

तीमध्ये १ लाख ४४ हजार २१२ वटा आवेदन रद्द भएका थिए भने १६ हजार ६ सय ७२ आवेदन कार्यान्वयनको क्रममा छन् । 
 विभिन्न प्रयोजनका लागि चारित्रिक प्रमाणपत्र लिनका लागि अनलाइन निवेदन दिने स्वदेशी तथा विदेशी नागरिकहरूलाई नेपाल प्रहरीले चारित्रिक प्रमाणपत्र उपलब्ध गराउने गरेको छ । नेपाल प्रहरीको वेबसाइटबाट सेवाग्राहीले जुनसुकै ठाउँबाट अनलाइन फर्म भर्न सक्छन् ।

स्वदेशमा भएका नेपाली नागरिकहरूले अनलाइन निवेदन दिँदा राहदानी, नागरिकता, विवाहितको हकमा विवाह दर्ताको स्क्यान कपि र हालसालै खिचिएको पासपोर्ट साइजको रंगीन फोटो समावेश गर्नुपर्ने हुन्छ । यसैगरी विदेशमा रहेका नेपाली नागरिकहरूले राहदानीको पृष्ठ नम्बर २ र ३, अन्तिम पटक नेपाल छोड्दाको Nepal Immigration Departure Stamp भएको पृष्ठ, नागरिकता, विवाहितको हकमा विवाह दर्ताको स्क्यान कपि र हालसालै खिचिएको पासपोर्ट साइजको रंगीन फोटो समावेश गर्नुपर्ने   हुन्छ ।

आवश्यक कागजातहरू सहितको निवेदन पेश गरेको करिब ५ दिनभित्र आवश्यक प्रकृया पूरा भएपछि निवेदककै युजर आइडीमा  प्रहरी रिपोर्ट पठाइने व्यवस्था छ । 
 

salt training

कमेन्ट गर्नुहोस्