११ साउन २०८३, सोमबार
गैरकानूनी सम्पत्ति आर्जन गरेको प्रकरण

पौडेलद्वयलाई थप १० दिन थुनामा राख्न अदालतको अनुमति

फागुन २, २०८०
काठमाडौं
पौडेलद्वयलाई थप १० दिन थुनामा राख्न अदालतको अनुमति

नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेल र सुरक्षित मुद्रण केन्द्रका निलम्बित कार्यकारी निर्देशक विकल पौडेललाई थप १० दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ ।

गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा पक्राउ परेका उनीहरूलाई बुधवार विशेष अदालतले थप १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

दुई पौडेल फरक–फरक भ्रष्टाचार मुद्दामा गत १० माघमा पक्राउ परेका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूमाथि गैरकानूनी सम्पत्ति आर्जन गरेको तथा विदेशमा कमिसन लुकाएको लगायतका आरोपमा विशेषमा मुद्दा दायर गरेको हो ।

अख्तियारले गत असोज १५ गते सुनिल पौडेलसहितका व्यक्तिविरुद्ध २३ करोड २७ लाख ५८ हजार रुपैयाँ बिगो माग दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियाे ।
 
त्यस्तै विकल पौडेलसहितका व्यक्तिविरुद्ध करिब ७० करोड रुपैयाँ मागदाबीसहित अख्तियारले गत वैशाखमा मुद्दा दायर गरेको थियो ।

यसअघि गत माघ १९ गते विशेषले पौडेलद्वयलाई हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्