
नेपाली बजारमा सर्वाधिक रुचाइएको करेन्ट चाउचाउको उत्पादक यशोदा फुड्सले ओरिएन्टल स्वादको चाउचाउको फ्री टेस्टिङ्ग फेरि ल्याएको छ ।
भेज र नन भेज दुवै विकल्पहरूमा उपलब्ध यो चाउचाउ नेपालकै पहिलो ओरियन्टल स्वादको चाउचाउ हो ।
हालको लागि सम्पूर्ण भाटभटेनी स्टोर्समा उपलब्ध यो चाउचाउको बजार मूल्य प्रति प्याकको ६० र फेमिली प्याकको ३०० रुपैयाँ रहेको छ ।
उपत्यका भित्र रहेका भाटभटेनीमा करेन्ट ओरिएन्टल फ्लेभर नुडल्सको फ्री टेस्टिङ्ग फागुन २ गतेदेखि १० दिनसम्म चल्ने कम्पनीले जनाएको छ ।