०५ साउन २०८३, मंगलबार

‘अखिल कार्यकर्ताको ब्रिलियन्ट चेहरा होस्, बसमा हिँड्दा धम्का मुक्का गरेर कार्ड नदेखाओस्’

फागुन २, २०८०
काठमाडौं
‘अखिल कार्यकर्ताको ब्रिलियन्ट चेहरा होस्, बसमा हिँड्दा धम्का मुक्का गरेर कार्ड नदेखाओस्’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अखिलका कार्यकर्ता सार्वजनिक बसमा यात्रा गर्दा पनि चिनिने खालको हुनुपर्ने बताएका छन् । अखिलको कार्यकर्ता दयालु र हँसालु हुनुपर्ने उनले बताए ।

पार्टी निकट अखिलको केन्द्रीय समितिको विस्तारित बैठकलाई बुधवार पार्टी कार्यालय च्यासलमा सम्वोधन गर्दै ओलीले अखिल कार्यकर्ताको आचरण असल हुनुपर्ने बताएका हुन् ।

‘अखिलको विद्यार्थी कस्तो हुनुपर्छ भन्दा बसमा हिँड्दा पनि थाहा मान्छेले पाओस् बोलिचालि असल र ब्रिलियन्ट चेहरा । चेहरा भनेर रंगको कुरा गरेको होइन । हावट्स योर फेस रिफ्लेक्ट । त्यस्तो चेहरा मान्छेले चिन्छ, स्माइलियस र दयालु छ । यो अनेरास्ववियूको सदस्य होस् । धक्का मुक्का गर्ने, को सँग कुरा गरेको– म अखिलको पदाधिकारी हो कार्ड हेछौं ? भन्ने नहोस्’, विद्यार्थीलाई निर्देशन दिँदै ओलीले भने, ‘त्यस्तो बेला अखिलको परिचय किन दिनु । मान्छेले बानी बिग्रेको युवा रहेछ भन्छन् । कार्यबाट होइन त्यो परिचय व्यवहार र शैलीबाट होस् ।’

अखिलबाट राजनीति गरेका युवाहरू संसदमा पुगेर उदाहरणीय काम गरेको स्मरण गर्दै ओलीले उदाहरणीय बन्न अखिल कार्यकर्तालाई निर्देशन दिए ।

salt training

कमेन्ट गर्नुहोस्