०७ असार २०८३, आइतबार

क्रोएसियामा मनाइयो २८६० औं सोनाम ल्होसार

फागुन २, २०८०
काठमाडौं
क्रोएसियामा मनाइयो २८६० औं सोनाम ल्होसार

​​​​​​​​​​तामाङ समाज क्रोएसियाको आयोजनामा २८६० औं सोनाम ल्होसार डुक ल्हो कार्यक्रम सम्पन्न भएको छ ।​​

जग्रब शहरमा आयोजित कार्यक्रममा हजारौं तामाङ तथा गैर तामाङहरू सहभागी भएका थिए । क्रोएसियामा पहिलोपटक ल्होसार कार्यक्रममा गरिएको थियो ।

लामा गुरुले पूजापाठ गरेपछि शुरू भएको कार्यक्रममा दिउँसो २ बजेबाट मेन स्क्वायर कोन्टेसा हलमा वृहत् सांस्कृतिक कार्यक्रमका प्रस्तुति गरिएको थियो ।

तामाङ समाज क्रोएसियाका अध्यक्ष सनिप लामाले कार्यक्रमले नेपालीहरूको पहिचानलाई जगेर्ना गर्न ठूलो सहयोग पुग्ने बताए। 'हामी संसारमा जता गए पनि, जे गरे पनि कला र संस्कृतिलाई सँगै लगेर यसको महत्वलाई युवा पुस्ता माझ उजागर गर्नुपर्छ', उनले भने।​

​कार्यक्रमका प्रमुख अतिथि एनआरएनए क्रोएसियाका अध्यक्ष साइमन लामाले  क्रोएसियामा रहेका तामाङहरू माझमा अब संस्कृतिको रक्षाका लागी एकजुट भएर काम गर्ने र भाषाको जगेर्नाका लागि पनि आफूहरू लागिपर्ने बताए।

null

कार्यक्रमका विशेष अतिथि युवा समाजसेवी दावा लामाले शुभकामना मन्तव्यका क्रममा तामाङ समाज क्रोएसियाले छोटो समयमा वृहत् कार्यक्रम आयोजना गरेमा धन्यवाद दिए । उनले आगामी दिनमा तामाङ समाजले विभिन्न कार्यक्रमहरू गरी सचेतना दिनसमेत आग्रह गरे ।

त्यस्तै कार्यक्रममा तमु समाज क्रोएसियाका संरक्षक एवं युवा समाजसेवी कमल गुरुङले शुभकामना मन्तव्य राखेका थिए । उनले भर्खरै गठित समाजले ठूलो आँट गरेर ल्होसार कार्यक्रम गरेकोमा धन्यवाद दिए ।

कार्यक्रममा आमन्त्रित गायक रामबाबु योन्जनको विशेष प्रस्तुति दिएका थिए । उनले आधा दर्जन गीतहरू गाएका थिए ।

त्यस्तै क्रोएसियामा रहेका सेलो गायक रमित लामा र मेन्दोमाया गायक प्रनिल वाइबाले कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाएका थिए ।

कार्यक्रममा एनआरएनए क्रोएसियाका उपाध्यक्ष सुनिल बम, सुदूरपश्चिमेली समाज, तमु समाज, गोर्खा समाज, मोना क्रोएसियालगायत अन्य संघसंस्थाका प्रतिनिधिहरूको समेत उपस्थिति रहेका थियो ।

कमेन्ट गर्नुहोस्