११ साउन २०८३, सोमबार

ललिता निवास जग्गा हिनामिना प्रकरण: विशेष अदालतले आज फैसला सुनाउने

फागुन ३, २०८०
काठमाडौं
ललिता निवास जग्गा हिनामिना प्रकरण: विशेष अदालतले आज फैसला सुनाउने

काठमाडौंको बालुवाटारस्थित ललिता निवास परिसरको सरकारी जग्गा हिनामिनासम्बन्धी मुद्दाको फैसला आज आउने भएको छ । झण्डै एक महिनादेखिको निरन्तर सुनुवाइपछि आज मुद्दाको फैसला हुन लागेको हो ।

विशेष अदालतले हिजै फैसला सुनाउने तयारी गरे पनि प्राविधिक काम नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो । बुधवार नै फैसला आउने सूचनापछि पूर्वमन्त्री चन्द्रदेव जोशीलगायत प्रतिवादीहरू विशेष अदालत पुगेका थिए । ​​

बालुवाटारस्थित ललिता निवासको जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार वर्षअघि पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित उच्च पदस्थ सरकारी कर्मचारी र जग्गा धनीविरुद्ध​ विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

अख्तियारले २०७६ माघ २२ गते पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार, पूर्वमन्त्रीहरू डम्बरबहादुर श्रेष्ठ, चन्द्रदेव जोशी र छविराज पन्त तथा पूर्वसचिव दिनेशहरि अधिकारीविरुद्ध मुद्दा दायर गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्