आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको सिरिजको पहिलो खेलमा नामिबियाविरुद्ध नेपालले खराब शुरूआत गरेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले शुरूआतमै तीन विकेट गुमाएको हो ।
नेपालका शुरूआती ब्याटर कुशल भुर्तेल, अनिल शाह र आसिफ शेख आउट भएका हुन् । कुशल पहिलो बलमै आउट भएका थिए । अनिल ८ रन बनाएर आउट फर्किए । आसिफले ४ रन बनाए ।
अहिले नेपालका कप्तान रोहित पौडेल र भीम सार्की क्रिजमा छन् ।