![‘दान्भी’ सुटिङका लागि कालिम्पोङमा पूजा र कुन्साङ [तस्वीर]](https://lktcdn2.prixacdn.net/media/Davni1_25cIA6Uk3q.jpg)
पूजा शर्मा र कुन्साङ बोमजन अभिनीत फिल्म ‘दान्भी’को भारतको कालिम्पोङमा धमाधम छायांकन भइरहेको छ ।
रुपेश तामाङको निर्देशनमा तयार भइरहेको फिल्मको तेस्रो सेड्यूलको छायांकन भारतमा भइरहेको हो । निर्माणपक्षले यो फिल्मको एक्सनले भरिएको टिजर सार्वजनिक गरिसकेको छ ।
फिल्मको पहिलो हाफको दृश्यको छायांकन कालिम्पोङ भइरहेको निर्माणपक्षले जानकारी दिएको छ । फिल्मको छायांकनमा मुख्य कलाकारहरू पूजा र कुन्साङले अभिनय गरिरहेका छन् । एक सातादेखि कालिम्पोङमा रहेकी अभिनेत्री शर्माले भनिन्न्–‘हामीले फिल्मको मुख्य अंशको छायांकन गरिरहेका छौं । अझै, एक साता छायांकन सेड्यूल छ ।’

फिल्मको टिजर सार्वजनिक भएपनि प्रदर्शन मिति भने तय गरिएको छैन । फिल्मको काम सकेपछि मात्र प्रदर्शन मिति तय गर्ने तयारीमा निर्माणपक्ष छ । फिल्ममा पूजा र कुन्साङको साथमा फिल्म ‘पर्खी बसेँ तिमीलाई’का मुख्य नायक किरण श्रेष्ठको पनि अभिनय छ ।
यो फिल्ममा देव मगर र अनुप गडालको लगानी छ । फिल्मका कार्यकारी निर्माता पवन राना मगर हुन् । फिल्ममा कमला मल्ल, पन्चबहादुर तामाङ, श्रवण कुमार श्रेष्ठ र जीवन तामाङ सह–निर्माताको रुपमा छन् ।

श्री श्रेष्ठको एक्सन निर्देशन रहेको फिल्ममा हरि बहादुर घलेको छायांकन, रविना थापा मगरको कथा, संजोग कुँवर रानाको पटकथा तथा संवाद, अर्जुन पोखरेल, नरेश जोशी र केदार राज नेपालको संगीत, बन्दे प्रसादको सम्पादन, कविराज गहतराज र बाहुल बराइलीको कोरियोग्राफी छ ।
फिल्मका मुख्य सहायक निर्देशक नवराज शर्मा हुन् ।
