०७ असार २०८३, आइतबार
आईसीसी क्रिकेट लिग-२

नेपाललाई चौथो सफलता

फागुन ५, २०८०
काठमाडौं
नेपाललाई चौथो सफलता

आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्सविरुद्ध नेपालले चौथो सफलता प्राप्त गरेको छ । नेपालले १९.३ ओभरमा नेदरल्यान्ड्सको चौथो विकेट लिएको हो ।

ललित राजवंशीले बास डी लिडेलाई आउट गराएका हुन् । २७ रन बनाएका लिडेलाई राजवंशीको बलमा बोल्ड गरेका हुन् । यसअघि राजवंशीले नै साइब्रान्ड एन्जलब्रच्टलाई आउट गरेका थिए ।

खेलको तेस्रो बलमा नै सोमपाल कामीले नेदरल्याण्ड्सका माइकल लेभिटको विकेट लिए । जतिबेला नेदरल्याण्ड्सले खाता नै खोल्न सकेको थिएन । नेदरल्याण्ड्सका अर्का ओपनर म्याक्स ओडाउड भने रन आउट भए । उनी टिमको स्कोर २८ रन हुँदा व्यक्तिगत १० रनमा आउट भएका थिए ।

त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर बलिङ रोजेको थियो । 

कमेन्ट गर्नुहोस्