
काठमाडौं, १९ भदौ – आमिर खान छिटै नै चलचित्र ‘सेक्रेट सुपरस्टार’ मार्फत दर्शकमाझ आउँदैछन् । यो फिल्ममा उनलाई बिल्कुलै फरक भूमिकामा देखिँदैछ । यसभन्दा पहिले निभाएका भूमिकाभन्दा बिल्कुलै फरक भूमिकामा उनलाई देख्न पाइनेछ ।
आमिरले स्वीकार्छन् कि शक्ति कुमारको भूमिका निभाउन उनलाई आजसम्मकै कठिन भूमिका हुनेछ ।
फिल्म संगीतमा आधारित छ । र, यो फिल्ममा कुशल संगीतकारका भूमिकामा देखिन लागेका छन् । शक्ति कुमारको यो भूमिका अरु संगीतकारको जीवनसँग पनि कतै न कतै मेल खान्छ ।