२६ जेठ २०८३, मंगलबार

चेल्सीसँग सिटी रोकिँदा लिभरपुल र आर्सनललाई फाइदा

फागुन ६, २०८०
काठमाडौं
चेल्सीसँग सिटी रोकिँदा लिभरपुल र आर्सनललाई फाइदा

इंग्लिस प्रिमियर लिग फूटबलको साविक विजेता म्यानचेस्टर सिटी महत्त्वपूर्ण खेलमा बराबरीमा रोकिएको छ । शनिवार राति भएको खेलमा चेल्सी आफ्नै घरेलु मैदानमा चेल्सीसँग बराबरीमा रोकिएको हो ।

उपाधि होडमा रहेको सिटी हारबाट जोगिँदै १–१ को बराबरी रोकिएको हो । पहिला गोल खाएको सिटीले खेलमा फर्किन धेरै मेहनत गर्नुपरेको थियो ।

सिटीको घरेलु मैदान इत्तिहाद रंगशालामा भएको खेलमा पाहुना टोली चेल्सीका लागि खेलको ४२औं मिनेटमा रहिम स्टर्लिङले गोल गरेका थिए । स्टर्लिङ सिटीकै पूर्वखेलाडी हुन् । स्टर्लिङको गोलपछि सिटीले खेलमा आक्रामकता बढाए पनि गोल गर्न भने अन्तिम समयसम्म कुर्नुपर्यो ।  

खेलको ८३औं मिनेटमा मिडफिल्डर रोड्रीले गोल गरेर सिटीलाई हारको मुखबाट जोगाए । यसपछि थप गोल हुन नसक्दा खेल १–१ को बराबरीमा सकियो । 

यो खेलमा सिटी रोकिँदा यसको सोझो फाइदा अब लिग लिडर लिभरपुल र दोस्रो स्थानको आर्सनललाई पुगेको छ । यो खेलबाट २ अंक गुमाउँदा अब सिटीले बाँकी १ खेल जिते पनि शीर्ष स्थानमा नपुग्ने निश्चित भएको छ । 

सिटी २४ खेलपछि ५३ अंकका साथ तेस्रो स्थानमा तथा २५ खेल खेलेको आर्सनल ५५ अंकका साथ दोस्रोमा छ । २५ नै खेल खेलेको लिभरपुल ५७ अंकका साथ शीर्ष स्थानमा रहेको छ ।

यता २५ खेलबाट ३५ अंक जोडेको चेल्सी भने लिगको १०औं स्थानमा मात्रै छ ।
 

salt training

कमेन्ट गर्नुहोस्