०८ साउन २०८३, शुक्रबार

क्यानडा–११ सँग उत्रँदै नेपाल ‘ए’

फागुन ६, २०८०
काठमाडौं
क्यानडा–११ सँग उत्रँदै नेपाल ‘ए’
नेपाल ‘ए’का कप्तान विनोद भण्डारी ।

नेपाल ‘ए’ क्रिकेट टोलीले आज क्यानडा–११ सँग खेल्दैछ । तीन खेलको एकदिवसीय अभ्यास खेलअन्तर्गत नेपाल ‘ए’ले क्यानडा–११ को सामना गर्न लागेको हो ।

यी दुई टोलीबीचको खेल आज बिहान ९ः३० बजे माथिल्लो मूलपानी क्रिकेट मैदानमा हुनेछ । नेपाल ‘ए’को कप्तानी विनोद भण्डारीले गर्नेछन् । प्रधानमन्त्री कप, यू–१९ विश्वकप र नेपालको सिनियर राष्ट्रिय टोली नपरेका खेलाडीहरू नेपाल ‘ए’मा समावेश छन् ।

यो अभ्यास खेल सिनियर टोलीमा पर्ने ढोका ढक्ढक्याउने अवसर पनि हो ।

दुई सातापछि यूएईमा आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिज खेल्न जानुअघि क्यानडाले नेपालमा अभ्यास खेल खेलेको हो । क्यानडाले नेपालसँग यसै साता तीन एकदिवसीय खेल हारेको थियो ।

यस्तो छ नेपाल ‘ए’ टोलीः 

null
 

salt training

कमेन्ट गर्नुहोस्