१५ असार २०८३, सोमबार

लोकसेवाको नयाँ भर्ना नरोकिने, बुधवार उपसचिव/सहसचिवको विज्ञापन खुल्ने

कात्तिक २०, २०७४
लोकसेवाको नयाँ भर्ना नरोकिने, बुधवार उपसचिव/सहसचिवको विज्ञापन खुल्ने
काठमाडौं, २२ असोज – विगतका वर्षहरुमा जस्तै यो वर्ष पनि लोकसेवा आयोगले नयाँ कर्मचारी पदपुर्तिका लागि विज्ञापन खोल्ने भएको छ ।

रिक्त पदमा नयाँ भर्ना खोल्न र बढुवाद्वारा पदपुर्ति गर्न रोक नलाग्नेगरी कर्मचारी समायोजन विधेयक संसदबाट पारित भएसँगै यो वर्ष पनि लोकसेवाले विज्ञापन खोल्ने तयारी गरेको हो ।

सरकारले ल्याएको विधेयकमा एक वर्षसम्म लोकसेवाको विज्ञापन नखुल्ने चर्चा थियो । संसद्को राज्य व्यवस्था समितिले दफावार छलफलका क्रममा नयाँ भर्ना रोक्ने सम्बन्धी प्रावधानमा संशोधन गरेर विधेयक पारित गरेपछि आयोग नयाँ भर्नाको तयारीमा लागेको हो ।

विधेयक पारित हुँदा नयाँ भर्ना खोल्न बाधा नपुग्ने व्यव स्था गरिएको थियो । संसदबाट पारित भएको कर्मचारी समायोजन विधेयकले रिक्त पदमा नयाँ भर्ना खोल्न सकिने व्यवस्था गरेको छ । तर, नयाँ दरबन्दी चाहिँ सिर्जना हुने छैन ।

‘लोकसेवाको विज्ञापन रोकिँदैन,’ लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीले आइतवार लोकान्तरसंग भने, ‘बुधवार सहसचिव र उप सचिवका लागि विज्ञापन आउँछ ।’ अन्य तहहरुमा पनि क्रमश विज्ञापन खुल्ने उनले बताए ।

अध्यक्ष मैनालीका अनुसार सामान्य प्रशासन मन्त्रालयले पठाएको विवरण अनुसार आयोगले विज्ञापन खोल्ने छ । यो वर्ष संख्या चाहिँ थोरै हुन सक्ने उनले बताए ।

‘रिक्त पदमा भर्ना खोल्न सक्ने गरी विधेयक पास भएको छ, त्यसैले संख्या चाहिँ कम हुन्छ होला,’ उनले लोकान्तरसंग भने, ‘तर कर्मचारी भर्ना रोकिने कुरा चाहिँ हुँदैन ।’

सामान्यले पठाएको कोटामा प्रतिशत निर्धारण गरेर आयोगले विज्ञापन खोल्ने छ ।

उनले लोकसेवाको तयारी गरिरहेका विद्यार्थीहरुलाई आफ्नो तयारीलाई निरन्तरता दिन समेत आग्रह गरेका छन् । यो वर्ष कम संख्यामा कर्मचारीको भर्ना खुलेपनि अर्को वर्ष धेरै संख्यामा विज्ञापन खुल्ने सम्भावना रहेको छ ।

प्रदेश लोकसेवा आयोग गठन नहुदासम्म केन्द्रीय लोकसेवा आयोगले नै सबै ठाउँका लागि विज्ञापन खोल्न पाउने व्यवस्था संविधानले गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्