×

NIC ASIA

लोकसेवाको नयाँ भर्ना नरोकिने, बुधवार उपसचिव/सहसचिवको विज्ञापन खुल्ने

कात्तिक २०, २०७४

Prabhu Bank
NTC
Premier Steels
काठमाडौं, २२ असोज – विगतका वर्षहरुमा जस्तै यो वर्ष पनि लोकसेवा आयोगले नयाँ कर्मचारी पदपुर्तिका लागि विज्ञापन खोल्ने भएको छ ।

रिक्त पदमा नयाँ भर्ना खोल्न र बढुवाद्वारा पदपुर्ति गर्न रोक नलाग्नेगरी कर्मचारी समायोजन विधेयक संसदबाट पारित भएसँगै यो वर्ष पनि लोकसेवाले विज्ञापन खोल्ने तयारी गरेको हो ।

सरकारले ल्याएको विधेयकमा एक वर्षसम्म लोकसेवाको विज्ञापन नखुल्ने चर्चा थियो । संसद्को राज्य व्यवस्था समितिले दफावार छलफलका क्रममा नयाँ भर्ना रोक्ने सम्बन्धी प्रावधानमा संशोधन गरेर विधेयक पारित गरेपछि आयोग नयाँ भर्नाको तयारीमा लागेको हो ।

विधेयक पारित हुँदा नयाँ भर्ना खोल्न बाधा नपुग्ने व्यव स्था गरिएको थियो । संसदबाट पारित भएको कर्मचारी समायोजन विधेयकले रिक्त पदमा नयाँ भर्ना खोल्न सकिने व्यवस्था गरेको छ । तर, नयाँ दरबन्दी चाहिँ सिर्जना हुने छैन ।

‘लोकसेवाको विज्ञापन रोकिँदैन,’ लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीले आइतवार लोकान्तरसंग भने, ‘बुधवार सहसचिव र उप सचिवका लागि विज्ञापन आउँछ ।’ अन्य तहहरुमा पनि क्रमश विज्ञापन खुल्ने उनले बताए ।

अध्यक्ष मैनालीका अनुसार सामान्य प्रशासन मन्त्रालयले पठाएको विवरण अनुसार आयोगले विज्ञापन खोल्ने छ । यो वर्ष संख्या चाहिँ थोरै हुन सक्ने उनले बताए ।

‘रिक्त पदमा भर्ना खोल्न सक्ने गरी विधेयक पास भएको छ, त्यसैले संख्या चाहिँ कम हुन्छ होला,’ उनले लोकान्तरसंग भने, ‘तर कर्मचारी भर्ना रोकिने कुरा चाहिँ हुँदैन ।’

सामान्यले पठाएको कोटामा प्रतिशत निर्धारण गरेर आयोगले विज्ञापन खोल्ने छ ।

उनले लोकसेवाको तयारी गरिरहेका विद्यार्थीहरुलाई आफ्नो तयारीलाई निरन्तरता दिन समेत आग्रह गरेका छन् । यो वर्ष कम संख्यामा कर्मचारीको भर्ना खुलेपनि अर्को वर्ष धेरै संख्यामा विज्ञापन खुल्ने सम्भावना रहेको छ ।

प्रदेश लोकसेवा आयोग गठन नहुदासम्म केन्द्रीय लोकसेवा आयोगले नै सबै ठाउँका लागि विज्ञापन खोल्न पाउने व्यवस्था संविधानले गरेको छ ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख १९, २०८१

महेन्द्रनगर– दुईतिर भारतको सीमा जोडिएको कञ्चनपुरमा सशस्त्र प्रहरी बलले अवैध ढङ्गले ल्याइएका रु ८८ लाख बराबरका सामान नियन्त्रणमा लिएको छ । महेन्द्रनगरस्थित सशस्त्र प्रहरी बल नंं ३५ गणका अनुसार गत फागुनपछि ...

बैशाख १३, २०८१

स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले मन्त्रालयमा 'छायाँ मन्त्री'को झल्को दिनेगरी काम गरिरहेको चर्चा हुन थालेको छ । मन्त्री यादवले गर्नुपर्ने कामसमेत स्वकीय सचिवको रूपमा रहेका ...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x