×

NMB BANK
NIC ASIA

एमाले अधिवेशन

लम्बिँदै एमाले कैलाली अधिवेशन: ओलीकै निर्देशन अवज्ञा, सहमतिका नाममा चुनाव गराउन ढिलाइ

धनगढी | फागुन ८, २०८०

NTC
Premier Steels

कैलालीको सुखडमा जारी एमालेको नवौँ जिल्ला अधिवेशन लम्बिँदै गएको छ । जिल्लाध्यक्षमा सहमति गर्ने नाममा महाधिवेशन लम्बिँदै गएको हो ।

Muktinath Bank

उद्घाटन समारोहमा एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार बिहानसम्म पनि सहमति नजुटे निर्वाचन प्रक्रिया थाल्न निर्देशन दिएका थिए । तर कैलाली अधिवेशनमा पार्टी अध्यक्षले दिएको निर्देशनको पनि पालना भएको छैन । ‘पहिलो दिन सहमतिको प्रयास गर्नु, सहमति नभए दोस्रो दिन (७ गते) बिहान मतदानका लागि बाकस थाप्नु । प्रतिनिधिलाई धेरै समय दुविधामा राख्नु हुँदैन । अब्बल नेतृत्व चयन गर्न प्रतिनिधि पनि जिम्मेवार बन्नुपर्छ,’ ओलीले भनेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एमाले पोलिटब्युरो सदस्य एवं कैलाली इन्चार्ज गणेशसिंह ठगुन्नाले सहमतिको अधिकतम प्रयास भइरहेकाले समय लागेको प्रतिक्रिया दिए । ‘हामीले ढिला गरेका छैनौँ । सहमतिबाट नेतृत्व चयन गर्दा तीन दिन र निर्वाचन प्रक्रियामा जाँदा ५ दिनसम्म लाग्न सक्छ,’ उनले भने, ‘उम्मेदवारहरूबीच छलफल गर्दा एकले अर्कालाई समर्थन गर्न सक्ने अवस्था नदेखिएपछि आजबाट निर्वाचन प्रक्रिया अघि बढाउँछौं,’ ठगुन्नाले भने । 


Advertisment
Nabil box
Kumari

केन्द्रीय सचिव लेखराज भट्ट, स्थायी कमिटी सदस्य कर्णबहादुर थापा र केन्द्रीय सदस्य दामोदर भण्डारीलगायत केन्द्रीय नेताहरूले अधिवेशन स्थल छोडेका छैनन् । उम्मेदवारहरूले पनि आ–आफ्नो दाबी नछोडेपछि नेतृत्व चयनमा झन् रस्साकस्सी बढेको छ । 

Vianet communication

null

केन्द्रीय नेता र उम्मेदवारको रस्साकस्सीले गरम बन्दै गएको सुखडको माहौलमा प्रतिनिधिहरूका मुहार भने मलीन् छन् । ‘हामीहरू फुर्सदिला भएर आएका हैनौँ । निर्वाचन लम्ब्याउँदा खर्च पनि बढ्दै छ । सबै प्रतिनिधिहरू उम्मेदवार र नेताको खर्चमा बसिरहेका छैनौँ । धेरैले आफ्नै रकम खर्च गरिरहेका छौँ। यसरी अधिवेशन लम्बिँदै गयो भने केही प्रतिनिधिहरू त फर्किन थाल्नु भएको छ । अल्मल्याउने र भुलाउने प्रवृत्ति ठिक भएन,’ एक प्रतिनिधिले लोकान्तरसँग भने ।

अहिलेकै जिल्ला पदाधिकारीबाहेक नेतृत्व बाहिर जान नदिने रणनीतिमा वर्तमान कार्यवाहक अध्यक्ष दुर्गा जोशी र सचिव डेजी पाण्डे छन् । एकले अर्काका नाममा सहमति जुटाउन उनीहरू अधिकतम प्रयासमा छन् । निर्वाचन परिणाम आफ्नो पक्षमा नदेखिएपछि प्रतिनिधिलाई अल्मल्याउने, दुःख दिने प्रवृत्ति उनीहरूले देखाइरहेको श्रोतको दाबी छ।

कार्यवाहक अध्यक्ष जोशीले दाबी छोड्न सक्ने अवस्थामा नरहेको बताए । ‘नयाँ नेतृत्व चयनका सम्बन्धमा अध्यक्षमा मेरो दाबी यथावत् छ । सके सहमति नभए स्वस्थ प्रतिस्पर्धामा हामी जाने नै छौँ,’ जोशीले भने ।

मुख्य प्रतिस्पर्धीका रूपमा देखिएका पूर्वप्रदेश कमिटी सचिवालय सदस्य यज्ञराज ढुङ्गाना र जिल्ला सचिव डेजी पाण्डेले पनि दाबी छोड्ने कुनै सम्भावना छैन । जिल्ला उपसचिव ममताप्रसाद चौधरीले पनि निर्वाचन नै हुने भए अध्यक्षमा दाबी गर्ने बताइरहेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x