२९ जेठ २०८३, शुक्रबार
कांग्रेस महासमिति बैठक

२७ सय जनालाई खाना : शाकाहारीदेखि हलालसम्म, कांग्रेसको मेनुमा के छ ?

फागुन ८, २०८०
काठमाडौं
२७ सय जनालाई खाना : शाकाहारीदेखि हलालसम्म, कांग्रेसको मेनुमा के छ ?

ललितपुरको गोदावरीमा जारी कांग्रेस महासमिति बैठकका लागि २ हजार ७ सय जनालाई खानाको व्यवस्था गरिएको छ ।

२ हजार १ सय प्रतिनिधि, स्वयंसेवक र सुरक्षाकर्मीसमेत गरी २७ सय जनलाई खानाको व्यवस्था गरिएको हो ।

कांग्रेस महासमिति बैठकका लागि बत्तिसपुतलीको अनुपम फुडल्याण्डले खानाको व्यवस्थापन गर्दैछ । खाना व्यवस्थापन उपसमिति संयोजक उदयशमशेर राणाले प्रतिनिधिको लागि खाना र खाजाको राम्रो प्रबन्ध गरिएको जानकारी दिए । 

प्रतिनिधिको लागि बिहानको खाजा र दिउँसोको लागि खानाको व्यवस्था गरिएको छ । बन्दशत्रको पहिलो दिन मंगलवार ब्रेकफास्टमा छोला भटुरा, जेरी, चिया र कफी राखिएको थियो ।

null

दिवा खानामा ‘प्लेन राइस’, दाल, मिक्स भेज तथा मासुमा चिकेन र मटन समावेश गरिएको छ ।

यस्तै रोटी, मटरपनिर र साग तथा लप्सी र गोलभेँडाको अचार समावेश गरिएको छ । खानापछिको डेजर्टमा दही समावेश गरिएको छ । 

बुधवारको ब्रेकफास्टमा ‘स्याण्डविच’ राखिएको छ । अनुपमका वेबरेज म्यानेजर राकेश विष्टले प्रत्येक दिनको ब्रेकफास्टमा फरक-फरक परिकार राखिने जानकारी दिए । 

null

खानाको लागि १२ ठाउँमा स्टल राखिएको छ । शाकाहारीका लागि २ वटा स्टल तथा हलाल गरेको खानको लागि छुट्टै स्टल राखिएको छ ।

खानाका लागि प्रतिप्लेट ८ सय ४० रुपैयाँमा सम्झौता भएको कांग्रेस स्रोतले जानकारी दियो । 

कांग्रेस महाधिवेशनमा पनि अनुपम फुडल्याण्डले खानाको व्यवस्थापन गरेको थियो ।

null

salt training

कमेन्ट गर्नुहोस्