१५ असार २०८३, सोमबार

मोदीसँग बिहे गर्न पाउनुप–यो भन्दै एक महिनादेखि धर्नामा बसिन् महिला

कात्तिक २०, २०७४
मोदीसँग बिहे गर्न पाउनुप–यो भन्दै एक महिनादेखि धर्नामा बसिन् महिला

काठमाडौं, २२ असोज — भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई पति बनाउनका लागि राजस्थानकी एक महिला विगत एक महिनादेखि धर्नामा बसेकी छन् । मोदी आफैं उनलाई भेट्न नआउन्जेलसम्म धर्नामै बस्ने महिलाको भनाइ छ ।


दिल्लीको जन्तरमन्तरमा धर्ना दिइरहेकी महिलाको नाम ओम शान्ति शर्मा हो । यी ४० वर्षीया महिलाले मोदीलाई साथ दिने इच्छा राखेको बताइन् ।

पत्रकारहरूले महिलालाई प्रश्न गर्दा उनले प्रधानमन्त्रीको सेव ागर्न चाहेको किनकि उहाँ एक्लैमाथि कामको ठूलो बोझ रहेको बताइन् । महिलाले भनिन्, ‘उहाँलाई भेट्न मानिसहरूले मलाई दिँदैनन् तर उहाँलाई सहायता आवश्यक छ भन्ने मलाई थाहा छ । उहाँ पनि मजस्तै एक्लो हुनुहुन्छ ।’

यी महिलाले राजस्थानमा आफूसँग टन्नै जमीन, पैसा र सम्पत्ति भएको दाबी गरेकी छन् । आफूले जमीन बेचेर मोदीजीका लागि उपहार किन्न खोजेको उनी बताउँछिन् ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्