१७ असार २०८३, बुधबार

इराकी राष्ट्रपतिले गरे शिया धर्मगुरुका कार्यकर्ता हत्याको निन्दा

फागुन ८, २०८०
काठमाडौं
इराकी राष्ट्रपतिले गरे शिया धर्मगुरुका कार्यकर्ता हत्याको निन्दा

बग्दाद– इराकी राष्ट्रपति अब्दुल लतिफ रशिदले सोमवार शिया धर्मगुरु मुक्तादा अल–सद्रप्रति वफादार एकजना प्रमुख कार्यकर्ताको अपहरण र हत्याको निन्दा गरेका छन् । उनले यस घटनालाई  सुरक्षा, स्थिरता र शान्तिपूर्ण सहअस्तित्वका लागि खतरा भएको बताएका छन् ।

रशिदले विज्ञप्ति जारी गर्दै प्रसिद्ध ब्लगर आयसेर अल–खाफाजीको हत्या कानूनको उल्लङ्घन हो भन्दै सुरक्षा बलहरूलाई नागरिकको सुरक्षाका लागि सुरक्षा उपायहरू कडा पार्न निर्देशन दिएका छन् । उनले उक्त घटनाको छानबिन गरी दोषीलाई कानुनी कठघरामा ल्याउन पनि उनले सम्बन्धित पक्षलाई आग्रह गरेका छन् ।

अल–खाफाजी सोमवार बिहान राजधानी बगदादबाट करिब १०० किलोमिटर दक्षिणमा रहेको हिला शहरको उत्तरमा रहेको जेबाला क्षेत्रमा राजमार्गको छेउमा मृत फेला परेका थिए ।  उनलाई आइतवार साँझ घरनजिकैको समूहले अपहरण गरेको आन्तरिक मन्त्रालयको स्रोतले नाम न छाप्ने शर्तमा सिन्ह्वालाई बताएको छ ।

अल–खाफाजी अल-सद्रका प्रभावशाली अनुयायी थिए जसले सद्रिस्ट आन्दोलनको नेतृत्व गर्दै लाखौं इराकीहरूको कमाण्ड गरिरहेका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्