२७ जेठ २०८३, बुधबार

कांग्रेस महासमिति बैठक: पाँच प्रस्तावमाथि छलफल गर्न चार समूह

फागुन ९, २०८०
काठमाडौं
कांग्रेस महासमिति बैठक: पाँच प्रस्तावमाथि छलफल गर्न चार समूह

नेपाली कांग्रेसले महासमिति बैठकमा पेश भएका प्रस्तावहरूमा सामूहिक छलफल गर्न चार वटा समूह बनाएको छ । बैठकमा मंगलबार पेश गरिएका प्रतिवेदनमा आजदेखि चारवटा हलहरूमा छलफल हुने भएको हो । 

चार वटा समूहको बैठक विभिन्न हलमा बस्नेछन् । गोदावरी हलमा कोशी र सुदूरपश्चिम प्रदेश, कोञ्ज्योसोम हलमा लुम्बीनी प्रदेश, भ्रातृ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समितिहरूको छलफल हुनेछ ।

फूलचोकी हलमा बागमती र गण्डकी प्रदेश र विशंखुनारायण हलमा मधेश र कर्णाली प्रदेशको समूहगत छलफल हुनेछ । पदाधिकारी र केन्द्रीय सदस्य सम्बन्धित प्रदेशमा बस्ने भएका छन् ।

कांग्रेसको महासमिति बैठक फागुन १० गतेसम्म सञ्चालन हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्