
गाजामा तत्काल युद्धविरामको माग गर्दै संयुक्त राष्ट्रसंघमा पेश प्रस्तावमा अमेरिकाले भिटो प्रयोग गरेको छ । सुरक्षा परिषद्मा प्रस्तुत प्रस्तावमा अमेरिकाले भिटो प्रयोग गरेको बीबीसीले जनाएको छ ।
अमेरिकी भिटोपछि प्रस्ताव रोकिएको छ । युद्धविरामको प्रस्ताव रोक्ने अमेरिकाको यो कदमको उसका सहयोगी राष्ट्रहरूले पनि निन्दा गरेका छन् ।
यद्यपि, अमेरिकाले आफ्नो प्रस्तावमा रफाह क्षेत्रमा प्रवेश नगर्न इजरायललाई सचेत गराएको छ । इजरायलले भने रफाहमा प्रवेश गर्ने र १० मार्चसम्म सबै इजरायली बन्धकलाई छाड्न समयसीमा दिएको छ ।
१५ सदस्यीय सुरक्षा परिषदमा १३ राष्ट्रले प्रस्तावको समर्थन गरेका थिए । तर, ब्रिटेनले भने भोटिङको प्रक्रियामा भाग लिएको थिएन । अमेरिकाले त्यसमा भिटो लगाएको हो ।