
आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नामिबिया विरुद्धको खेलमा आसिफ शेखले अर्धशतक प्रहार गरेका छन् । उनले ५५ बलमा अर्धशतक प्रहार गरेका हुन् ।
५५ बलमा एक छक्का र ८ चौका मद्दतमा उनले ५० रन पूरा गरेका हुन् ।
जारी सिरिजमा उनले नेदरल्यान्ड्स विरूद्धको खेलमा पनि अर्धशतक प्रहार गरेका थिए ।
खेलमा नेपालले तीन विकेट गुमाइसकेको छ ।
अहिले नेपालले तीन विकेट गुमाएर ९६ रन बनाएर खेलिरहेको छ । शेख र कुशल मल्लले नेपालको इनिङ सम्हालिरहेका छन् ।
अपडेट: उनी ५८ रन बनाएर आउट भएका छन् ।