
अभिनेत्री नीति शाहले नयाँ फिल्म साइन गरेकी छन् ।
सविर श्रेष्ठको निर्देशनमा निर्माण हुन लागेको फिल्म ‘रूखान’को मुख्य भूमिकामा उनी अनुबन्धित भएकी हुन् ।
बुधबार निर्माण टिम र नीतिबीच औपचारिक सम्झौता भएको छ । फिल्ममा नीति एक विद्रोही महिलाको भूमिकामा देखिने बताइएको छ ।
हालै फिल्म ‘खजुरे ब्रो’ को छायांकन सकाएकी उनको ‘रूखान’ दोस्रो फिल्म हुनेछ ।
नेपाली, अंग्रेजी, हिन्दी, र भोजपुरी भाषामा फिल्म बनाउने तयारीमा निर्माण टिम छ । डा. रूपक घिमिरेको कथा, अभिमन्यु निरवीको पटकथा एवं संवाद रहेको फिल्मको निर्मातामा कृष्ण थापा र सुरेश गुरुङ छन् ।
अभिनेता सविन श्रेष्ठ यस फिल्मको कार्यकारी निर्माताका रुपमा रहेका छन् ।
