
हिमालयन बैंक लिमिटेडले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा नगद संकलन काउन्टर सञ्चालनमा ल्याएको छ ।
सेवाग्राहीको सुविधालाई मध्यनजर गर्दै अस्पतालसँगको सहकार्यमा फागुन ९ गते बुधवारदेखि नगद संकलन गर्ने सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ ।
बैंकका अनुसार अस्पतालमा उक्त सेवा सार्वजनिक बिदाका दिनमा समेत २४ सै घण्टा सञ्चालन हुनेछ ।
उक्त काउन्टरमा सेवाग्राहीहरूको सुविधालाई मध्यनजर गर्दै बैंकले ‘क्यूआर’मार्फत पनि भुक्तानी गर्न सकिने सुविधा प्रदान गरेको छ ।
बैंकद्वारा प्रदान गरिने उक्त सेवाले अस्पतालमा सेवा लिन आउने बिरामी एवं बिरामीहरूका परिवार/आफन्तजन तथा अस्पतालका कर्मचारीलाई सहजता प्रदान गर्ने बैंकको विश्वास छ ।
नगद संकलन काउन्टर सञ्चालनमा ल्याउने सम्झौता पत्रमा बैंकका तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत विजयमान नकर्मी र अस्पतालका तर्फबाट अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले हस्ताक्षर गरेका थिए ।
सो समारोहमा बैंक तथा अस्पतालका अन्य कर्मचारीहरूको पनि उपस्थिति रहेको थियो ।