
बाराको पथलैयामा आज बोलेरो गाडी र ट्रक एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका अनुसार पूर्वपश्चिम राजमार्गअन्तर्गत जीतपुर सिमरा–२१ स्थित अदाभारमा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
प्रहरी निरीक्षक रामकुमार महतोका अनुसार हेटौंडाबाट पथलैयातर्फ आउँदै गरेको बागमती प्रदेश ०१–०२६ च १३३४ नम्बरको बोलेरो तथा विपरीत दिशाबाट आउँदै गरेको ना ६ ख ३३५२ नम्बरको ट्रक एकापसमा ठोक्किँदा दुर्घटना भएको हो ।
घाइतेहरूको परवानीपुरस्थित एलएस न्यूरो अस्पतालमा उपचार भइरहेको उनको भनाइ रहेको छ ।
मृतक तथा घाइतेको पहिचान खुल्न सकेको छैन ।