०४ असार २०८३, बिहीबार

एमालेमा दुईखाले सदस्य राख्न समूहमा सुझाव

फागुन ९, २०८०
काठमाडौं
एमालेमा दुईखाले सदस्य राख्न समूहमा सुझाव

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का केन्द्रीय सदस्यहरूले पार्टीमा दुईखाले सदस्यताको व्यवस्था गर्न नेतृत्वलाई सुझाव दिएका छन् । काठमाडौंमा जारी ७ औं केन्द्रीय समिति बैठकअन्तर्गत दोस्रो दिन भएको समूहगत छलफलमा उनीहरूबाट यस्तो सुझाव आएको हो । 

बागमती प्रदेशका सदस्यहरूको छलफलमा पार्टी सदस्य र साधारण दुईखाले सदस्य राख्न उपयुक्त हुने छलफल भएको केन्द्रीय सदस्य आनन्द पोखरेलले जानकारी दिए । एमालेले पार्टीलाई कसरी व्यवस्थित बनाउन सकिन्छ भन्ने विषयमा ९ वटा समूह बनाएर छलफल गरेको थियो । 

‘पार्टी कसरी चल्नु पर्छ ?, सदस्यको मापदण्ड कस्तो हुनुपर्छ ? पार्टी अधिवेशनलाई कसरी मर्यादित बनाउन सकिन्छ ? नेताको जीवनशैलीमा कसरी एकरुपता ल्याउन सकिन्छ ? भन्नेजस्ता प्रश्नावली बनाएर छलफल गराइएको थियो । पार्टीका अधिवेशन सकेसम्म सहमतिमा गर्ने र सहमति नभए प्रक्रियामा लैजाने भन्ने सुझाव आएको छ,’ पोखरेलले लोकान्तरसँग भने, ‘अधिवेशन लम्बाउन हुन्न भन्ने सदस्यहरूको सुझाव आएको छ ।’ 

यी सुझावमाथि बिहीवार केन्द्रीय समिति बैठकमा सामुहिक छलफल हुनेछ । 

पछिल्लो समय एमालेका जिल्ला अधिवेशन विवादित बन्दै आएका छन् । यसले गर्दा समयमा अधिवेशन हुन सकिरहेका छैनन् । 

salt training

कमेन्ट गर्नुहोस्