०७ असार २०८३, आइतबार

सेतो बाघको आक्रमणबाट खाना खुवाउने व्यक्तिको मृत्यु

कात्तिक २०, २०७४
सेतो बाघको आक्रमणबाट खाना खुवाउने व्यक्तिको  मृत्यु
बैंगलोर,२३ असोज– कर्नाटकको राजधानी बैंगलोरको एक नेशनल पार्कमा सेतो बाघको आक्रमणबाट खाना दिन गएका केयर टेकरको मृत्यु भएको छ । मृतकको नाम अंजी थियो भने उनी नजिकैको हक्की पिक्की कोलोनीमा बस्ने गर्थे ।

करिब एक हप्ता अघि मात्रै नेशनल पार्कको कार्यवाहकका रुपमा आएका उनलाई अस्थायी कर्मचारीका रुपमा नियुक्त गरिएको थियो । बाघको आक्रमणबाट अंजीको मृत्यु भएपछि आइतवार प्रहरी कार्यालयमा उजुरी परेको छ ।

बाघलाई थुनिएको ठाउँमा तीनवटा गेट रहेको छ भने हरेक विहान एउटा गेट खोल्ने गरिन्छ ताकी बाघ वरिपरी घुम्न सकोस् ।
साँझ जनावरहरु फर्केपछि गेट बन्द गरिन्छ । शनिवारको साँझ करिब ७ बजे अंजीे सेतो बाघलाई खाना दिन गएका थिए ।

यसैक्रममा उनले सबै बाघहरु फर्केको, नफर्केको जाँच गर्न पुगेका थिए । नेशनल पार्कका एक वरिष्ठ अधिकारीका अनुसार अंजीले गेट बन्द गर्न ढीला गरेका कारण भित्र रहेका बाघले उनलाई आक्रमण गरेको बताइएको छ । बाघले अंजीको शरीरलाई भित्र खोरमा लगेको थियो ।

आइतवार अंजीको शव क्षतविक्षत अवस्थामा भेटिएको थियो । अहिले नेशनल पार्क बन्द गरिएको छ भने । यस घटनामा प्रहरीमा उजुरी परेको छ । अंजीको शवलाई पोस्टमार्टमको लागि लगिएको छ । एजेन्सी

कमेन्ट गर्नुहोस्