सिन्धुली, २२ असोज - विपी राजमार्गअन्तर्गत कमलामाई नगरपालिका–२ चियाबारी नजिक आज बोलेरो जिप दुर्घटना हुँदा चारजना घाइते भएका छन् ।
काठमाडौँबाट बर्दिबासतर्फ आउँदै गरेको ना१ज ६४४५ नंको सो जिप दुर्घटना हुँदा चालक धनुषा–७ धारापानीका २९ वर्षीय कुमार लामा, धनुषा नगरपालिका–१ भिमानका २२ वर्षीय आनन्द पुर्वछाने, २७ वर्षीय सोमबहादुर श्रेष्ठ र कमलामाई नगरपालिका–१२ रानीचुरीका २५ वर्षीया रमाकुमारी गुरुङ गम्भीर घाइते भएका छन् ।
घाइतेलाई उपचारका लागि काठमाडाँै पठाइएको प्रहरी उपरीक्षक टीकाबहादुर केसीले जानकारी दिनुभयो । तीव्र गतिका कारण अनियन्त्रित भई जिप दुर्घटना भएको हो ।