१२ असार २०८३, शुक्रबार

समुन्द्री आँधी नेटका कारण अमेरिकाको फ्लोरिडा राज्यमा नागरिकलाई सुरक्षित ठाउँमा जान आदेश

कात्तिक २०, २०७४
समुन्द्री आँधी नेटका कारण अमेरिकाको फ्लोरिडा राज्यमा नागरिकलाई सुरक्षित ठाउँमा जान आदेश

मियामी २२ असोज -समुन्द्री आँधी नेटले अमेरिकाको मीसीसीपी नदीको मुहान नजिकै खाडी तटीय क्षेत्रमा सामान्य जनजीवन प्रभावित गरेको आँधीसम्बन्धी अमेरिकी निकाय अमेरिकी राष्ट्रिय समुन्द्री आँधी केन्द्रले बताएको छ । 


त्यसैगरी आँधी अमेरिकाको न्यू अर्लियन्सतर्फ लागेपछि उक्त क्षेत्रका बासिन्दालाई समुन्द्री आँधी नेटको प्रभाव नपुग्ने स्थानतर्फ जान स्थानीय प्रशासनले आग्रह गरेको छ । 

आँधीले १३७ किलोमिटर प्रतिघण्टाको बेगमा उत्तरतर्फ दिशा लिएपछि मिसिसिपि, अलाबामा, लुइजियाना र फ्लोरिडा राज्यमा आँधी सम्बन्धी सुचना र सुरक्षित ठाउँमा जान आदेश जारी गरिएको छ । 

आँधीले ती क्षेत्रमा भीषण वर्षा र यसका कारण बाढी तथा डुवानको समस्या निम्त्याउने अनुमान गरिएको छ । सावधानीस्वरुप यो क्षेत्रका विभिन्न बन्दरगाह बन्द गरिएका छन् । 

यसअघि मध्य अमेरिकी देशमध्येको कोष्टा रिकामा नेट आँधीका कारण अहिलेसम्म कम्तीमा ३० जनाको ज्यान गएको बताइएको छ । 

यसैबीच संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटेरेसले श्रृंखलाबद्ध समुन्द्री आँधीबाट तहसनहस क्यारिबियन मुलुकहरुलाई थप सहयोग उपलब्ध गराउन अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गर्नुभएको छ । 

तर नेटको प्रभाव शनिबारको तुलनामा क्रमश कम हुँदै गएको बताइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्