०५ साउन २०८३, मंगलबार
बजेटको क्यालेन्डर परिमार्जन

बजेटको तीन महिना अगावै संसद्‌मा सिद्धान्त र प्राथमिकता पेश

फागुन १४, २०८०
काठमाडौं
बजेटको तीन महिना अगावै संसद्‌मा सिद्धान्त र प्राथमिकता पेश

सरकारले संघीय संसद्‌मा बजेट पेश गर्नुभन्दा ३ महिना अगाडि नै बजेटका सिद्धान्त र प्राथमिकता पेश गरेको छ ।

सोमवार बसेको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेटमाथि पर्याप्त छलफल गर्नका लागि तीन महिना अगावै बजेटका सिद्धान्त र प्राथमिकता पेश गरिएको बताए ।

चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमाथिको छलफलको क्रममा सांसदले उठाएको प्रश्नको जवाफका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले दिएको जवाफअनुसार बजेटको क्यालेन्डरमा परिमार्जन गरिएको महतले बताए ।

आर्थिक वर्ष २०८१/०८२ का लागि बजेटका सिद्धान्त र प्राथमिकता पेश गर्दै महतले आगामी बजेटमा मुलुकमा रासायनिक मल कारखाना उत्पादन गर्ने कार्यलाई अगाडि बढाउने बताए ।

आगामी बजेटमार्फत निजगढको लगानी ढाँचा टुङ्ग्याइ निर्माण प्रक्रिया अगाडि बढाउन उनले प्रतिबद्धता जनाए । 

संविधानको व्यवस्थाअनुसार सरकारले जेठ १५ गते संसद्‌मा वार्षिक बजेट ल्याउनुपर्छ ।

यसअघि यस्तो बजेटको प्राथमिकता र सिद्धान्त १५ दिन अघि मात्र संसद्‌मा पेश गर्ने गरिएको थियो ।

यस्तो छ पूर्णपाठ

salt training

कमेन्ट गर्नुहोस्