२९ जेठ २०८३, शुक्रबार

कुल निर्यातभन्दा दोब्बर मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात

फागुन १५, २०८०
काठमाडौं
कुल निर्यातभन्दा दोब्बर मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात

मुलुकको कुल निर्यातभन्दा दोब्बर मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको सात महिनामा (साउन–माघ) मुलुकबाट ८६ अर्ब ८३ करोड रुपियाँ बराबरको वस्तु निर्यात भएको छ । सो अवधिमा भारतबाट एक खर्ब ८४ अर्ब ३७ करोड रुपियाँ बराबरको पेट्रोलियम पदार्थ (डिजेल, 
पेट्रोल, मटितेल, हवाई इन्धन र ग्यास) आयात भएको छ । सो अवधिमा निर्यात सात प्रतिशत र आयात दुई प्रतिशतले घटेको छ । 
सात महिनामा आठ खर्ब ९७ अर्ब ९४ करोड ३८ लाख रुपियाँ बराबरको कुल आयात हुँदा पेट्रोलियम पदार्थको आयात भने झन्डै दुई खर्बको हाराहारीमा रहेको छ । कुल आयातको २० प्रतिशत पेट्रोलियम पदार्थ रहेको तथ्याङ्कले देखाएको छ । इन्धनको आयात बढ्दा व्यापार घाटासमेत उच्च हुने गर्छ । गोरखापत्रले खबर छापेको छ । 

salt training

कमेन्ट गर्नुहोस्