२४ जेठ २०८३, आइतबार

तीन खेलमा जीतविहीनपछि गिरोनाको पुनरागमनः बार्सिलोनालाई उछिन्यो

फागुन १५, २०८०
काठमाडौं
तीन खेलमा जीतविहीनपछि गिरोनाको पुनरागमनः बार्सिलोनालाई उछिन्यो
दुई गोल गरेका साभियो ।

स्पेनिस ला लिगा फूटबलमा अप्रत्यासित रुपमा सनसनी मच्चाइरहेको क्लब गिरोनाले फेरि बार्सिलोनालाई उछिनेको छ ।

दुई हार र एक बराबरीसँगै पछिल्ला तीन खेलमा जीतविहीन बनेको अवस्था पुनरागमन गर्दै गिरोनाले महारथ बार्सिलोनालाई उछिनेको हो ।

पछिल्ला दुई खेल लगातार हारेको जिरोनाले सोमवार राति भने शानदार कमब्याक गरेको छ । २६औं साताको उक्त खेलमा पाहुना टोली रायो भालेकानोलाई ३–० गोलको फराकिलो अन्तरले हराउँदै लयमा फर्किएको हो । यो जीतका साथ जिरोना दोस्रो स्थानको बार्सिलोनालाई पछि पारेर आफू सो स्थानमा चढेको छ ।

घरेलु टोली जिरोनाको जीतमा पहिलो गोल ५२औं मिनेटमा भिक्टोर तुसानकोभले गरेका थिए । त्यसपछि इन्जुरी समयमा साभियोले दुई गोल गरे । उनले ९१औं  र ९५ औं मिनेटमा गोल थपेपछि जिरोना ३–० ले विजयी भयो । भालेकानो ७६ औं मिनेटमा १० खेलाडीमा सीमित भएको थियो ।

अब यो जीतपछि जिरोनाको खातामा २६ खेलपछि ५९ अंक भएको छ । उसले बार्सिलोनालाई दुई अंकले पछि पार्दै दोस्रोमा उक्लिएको हो । यद्यपि गिरोना अझै पनि शीर्ष टोली रियल मड्रिडभन्दा स्पष्ट ६ अंकले पछि नै छ

ला लिगमा पछिल्ला नतिजाः

null

salt training

कमेन्ट गर्नुहोस्