१९ असार २०८३, शुक्रबार

झापामा चालू आर्थिक वर्षमा २८३ दुर्घटना, ४९ जनाको मृत्यु

फागुन १५, २०८०
झापा
झापामा चालू आर्थिक वर्षमा २८३ दुर्घटना, ४९ जनाको मृत्यु

झापामा सवारी दुर्घटनामा परी पछिल्लो सात महिनामा ४९ जनाको मृत्यु भएको छ ।

चालू आर्थिक वर्षको माघसम्म भएका २८३ वटा सवारी दुर्घटनामा परी ४६ जना र फागुन १४ गतेसम्म थप तीन गरी ४९ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिए ।

ती दुर्घटनामा परी ४२ जना पुरुष, छ महिला र एक बालिकाको मृत्यु भएको छ ।

साउनमा पाँच, भदौमा सात, असोजमा तीन, कात्तिकमा १३, मङ्सिरमा चार, पुसमा १० र माघमा चार जनाको मृत्यु भएको ट्राफिक कार्यालयले जनाएको छ ।

ती दुर्घटनामा ४ सय १४ वटा सवारी संलग्न छन् । 

जसमध्ये अधिकांश मोटरसाइकल दुई सय ६० वटा छन् । ती दुर्घटनामा परी ८२ जना शक्त घाइते भएका थिए भने तीन सय ५० जना सामान्य घाइते भए ।

सोही अवधिमा कार्यालयले ट्राफिक नियम उल्लङ्घन गर्ने २९ हजार आठ सय ७१ सवारी साधनबाट रू दई करोड चार लाख ५५ हजार छ सय ५१ राजस्व सङ्कलन गरेको छ ।

कार्यालयले नियम उल्लङ्घन गर्ने ट्रक पाँच हजार नौ सय २६, टिपर ६ सय ६६, बस एक हजार पाँच सय ४०, कार/जीप नौ हजार सात सय २७, ट्रयाक्टर एक हजार तीन सय एक, मोटरसाइकल आठ हजार पाँच सय २२, टेम्पो-अटो-सिटी सफारी दुई हजार एक ५० र अन्य ३९ वटालाई कारबाही गरी उक्त राजस्व असुल गरेको हो ।

सोही अवधिमा कार्यालयले ट्राफिक सचेतना अभिवृद्धिका लागि दुई हजार एक सय ५८ पटक विविध कार्यक्रम गरी ८१ हजार नौ सय ४४ जनालाई सचेत गराएको जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्