टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) खरिदमा भएको अनियमितता सम्बन्धमा अनुसन्धान टुंगिएको अख्तियार प्रेमकुमार राईले प्रमुखले बताएका छन् । यो विषय छिट्टै निष्कर्षमा पुग्ने उनले बताए ।
मंगलवार प्रतिनिधि सभाको सार्वजनिक लेखा समिति बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख राईले टेरामक्स सम्बन्धमा बयान टुंगिएको बताएका हुन् ।
‘टेरामक्स प्रकरणको बयान करिब टुंगो लागेको छ । केही समयमै रिजल्ट आउँछ,’ राईले भने ।
टेरामक्स प्रकरणमा बहालवाला मन्त्री र सांसदसहित सञ्चार मन्त्रालयका पूर्व सचिवविरुद्ध अनुसन्धान भइरहेको लोकान्तर डट्कमले कात्तिक २० गते खुलासा गरेको थियो ।
पढ्नुहोस्, यो पनि :
EXCLUSIVE: तत्कालीन २ मन्त्री र २ सचिव जोडिएको ३ अर्ब भ्रष्टाचारको अनुसन्धान अन्तिम चरणमा
अख्तियारले बहालवाला स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत र कांग्रेस सांसद एवं पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलगायतसँग बयान लिइसकेको छ ।
अख्तियारमा बयान दिएका मन्त्री सरकारमा बसिराख्न नहुने भन्दै एमालेले संसद्मा लगातार मन्त्री बस्नेतको राजीनामा माग गरिरहेको छ ।
अख्तियार प्रमुख राईले नेपाल वायु सेवा निगमको वाइड बडी जहाज खरिदमा भएको अनियमितता सम्बन्धमा समेत अनुसन्धान गरिरहेको बताए ।