०३ साउन २०८३, आइतबार

गणेशमान सिंह राष्ट्रिय बक्सिङ चैतमा

फागुन १५, २०८०
काठमाडौं
गणेशमान सिंह राष्ट्रिय बक्सिङ चैतमा

वीर गणेशमान सिंह फउन्डेसनअन्तर्गत वीर गणेशमान सिंह स्पोर्ट्स कमिटी तथा नेपाल बक्सिङ महासंघको संयुक्त आयोजनामा वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिताको छैटौं संस्करण चैत १३ गतेदेखि हुने भएको छ ।

आयोजक कमिटीका संयोजक सन्जीव तुलाधरले पुरुषमा ७ र महिलामा ६ गरी जम्मा १३ स्पर्धामा प्रतिस्पर्धा हुने मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । तीन विभागीय टोली (प्रहरी÷आर्मी÷एपीएफ) र सातै प्रदेशबाट करिब १ सय ५० खेलाडीको सहभागिता रहने छ ।

प्रत्येक स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीलाई २५ हजार, १५ हजार ७.५÷७.५ हजार नगद पुरस्कार प्रदान गरिने छ । उत्कृष्ट पुरुष÷महिला खेलाडीलाई पनि पुरस्कृत गरिने छ ।

प्रतियोगिता सञ्चालन गर्न करिब ५५ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ । त्यसमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले ५० लाख सहयोग गर्ने छ । पाँचदिने प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा खेलाइने छ ।

बक्सिङ महासंघका अध्यक्ष राम अवालेले प्रतियोगितालाई सफल र भब्य रुपमा सम्पन्न गर्न सबै साथ र सहयोग रहने विश्वास व्यक्त गरे ।
सोही अवसरमा कमिटीकै आयोजनामा चौथो वीर गणेशमान सिंह १० किमि दौड वैशाख १५ गते हुने पनि जानकारी गराइएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्