
सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा आजदेखि मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । कोशी प्रदेश खेलकुद विकास समितिको आयोजना तथा जिल्ला भलिबल सङ्घको संयोजनमा उक्त प्रतियोगिता सञ्चालन भएको हो ।
प्रतियोगिताको आज कोशी प्रदेशका सामाजिक विकास मन्त्री राजेन्द्र कार्कीले उद्घाटन गरे। आज सम्पन्न खेलमा त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशलाई ३–० सेटले पराजित गरेको छ । दोस्रो खेलमा गण्डकी प्रदेशले लुम्बिनी प्रदेशलाई ३–१ सेटले तथा नेपाल पुलिस क्लबले पनि कोशी प्रदेशलाई ३–१ सेटले नै पराजित गरेको छ ।
यही फागुन १९ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले रु तीन लाख, उपविजेताले रु एक लाख ५० हजार, तृतिय हुनेले रु ५० हजार तथा चौथो हुने टोलीले रु ३० हजार पुरस्कार प्राप्त गर्नेछ ।